राज्यले कृषि क्षेत्र र कृषकलाई कुनै पनि बहानामा उपेक्षा गर्दैन : मन्त्री साह

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राज्यले कृषि क्षेत्र र कृषकलाई कुनैपनि बहानामा उपेक्षा नगर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्।

शनिवार चितवनमा शुरु भएको नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन, २०२४ मा बोल्दै उनले यस्तो बताए। उनले कृषि क्षेत्रमा रहेका महिलाहरुको आम सुरक्षा,मर्यादित एवं सम्मानित कृषि उद्यमशिलताको प्रत्याभुति गर्न निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरे।

उनले कृषि क्षेत्रको विकासमा लैङ्गिक उत्तरदायी बजेटको व्यवस्था गर्दै महिलाहरुको समस्या समाधानमा लाग्नुपर्ने बताइन्। उनले कृषिमा नविनता, दिगोपन र उद्यमशिलताका विषयमा कृषि क्षेत्रका परिवर्तनकारी क्षेत्रमा निर्माण र कार्यान्वयनमा विज्ञहरुको निरन्तर सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरिन्।

उनले कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत महिलामैत्री कृषिकरण उपलब्धताको सुनिश्चिततासँगै महिलाबाट सञ्चालित कृषि सहकारी, समूह, कृषि फार्मको विकासका लागि मन्त्रालयको विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन्।

मन्त्री साहले कृषिलाई प्राथमिकता दिने, उत्पादन बढाउने, खपत बढाउनुपर्ने विषयमा आफू पूर्ण सहमत रहेको बताइन्। उनले आर्थिक विकासको लागि स्वदेशी उत्पादन एवं उपभोग बढाउन आवश्यक जोड दिने पनि बताइन्। आजबाट शुरु भएको सम्मेलन १८ गतेसम्म सञ्चालन हुनेछ। सम्मेलनमा ४० वटा स्टल छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर