बालमन्दिर जग्गा अनियमितता : गैरकानुनी सम्झौताविरुद्ध अख्तियार आक्रामक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बालसंगठनको नाममा रहेको बालमन्दिरको जग्गा गैरकानुनी रूपमा ५२ वर्षसम्म लिजमा लिनेगरी सम्झौता गर्ने बृहस्पति विद्यासदनका सबै पदाधिकारीसँग बयान लिएको छ ।

अख्तियारले बृहस्पति विद्यासदनका तत्कालीन पदाधिकारीहरू पुरुषोत्तमराज जोशी, मुरारीनिधि तिवारी, प्रवीणराज जोशी, प्रज्वलराज जोशी, मीनुकुमारी जोशीलगायतसँग बयान लिएको हो ।

बालमिन्दरकी तत्कालीन अध्यक्ष रीता सिंहलाई प्रभावमा पारी उनीहरूले बालमन्दिरको २८ रोपनी ५ आना जग्गा आगामी २१३२ सालसम्मका लागि २०७२ सालमा पूरक सम्झौता गरेका थिए ।

तत्कालीन अध्यक्ष रीता सिंह भने बिरामी भएको भन्दै लामो समयदेखि अख्तियारको बयानमा अनुपस्थित रहँदै आएकी छन् । स्रोतका अनुसार लामो समयसम्म बालमन्दिरको नेतृत्वमा रहेकी रीता सिंहकै पालामा बालमन्दिरको जग्गाको व्यापक दुरुपयोग भएको थियो ।

बालसंगठनले हचुवाका आधारमा बृहस्पति विद्यासदनलाई ५२ वर्षसम्म जग्गा प्रयोग गर्न दिँदा ठूलो चलखेल भएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले यस विषयमा विस्तृत अनुसन्धान गर्दै आइरहेको छ । अख्तियारका अनुसार कुनै पनि सरकारी जग्गा ३० वर्षभन्दा बढी लिजमा दिन कानुनी रूपमा मिल्दैन । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर