नेपालमा अपांगता जनसंख्या साढे ६ लाख

नेपालमा अपांगता भएको जनसंख्या साढे ६ लाख रहेको देखिएको छ । २०७८ सालको जनगणनाले यस्तो देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा ६ लाख ४७ हजार ७४४ जनामा अपांगता देखिएको छ । यो कुल जनसङ्ख्याको २.२ प्रतिशत हिस्सा हो । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना रहेको छ । अपांगताको ठूलो हिस्सा गण्डकी प्रदेशमा देखिन्छ । जहाँ जनसङ्ख्याको २.९ प्रतिशतमा अपांगता रहेको छ ।

अपांगतालाई शारीरिक, न्यून दृष्टियुक्त, पूर्ण दृष्टियुक्त, बहिरोपन, सुस्तश्रवण, श्रवण दृष्टिविहीन गरी वर्गीकरण गरिएको छ ।

यसै गरी स्वर र बोलाइ, मानसिक वा मनोसामाजिक, बौद्धिक अपांगता, अनुवंशीय रक्तश्राव, अटिजम र बहुअपांगता भनी वर्गीकरण गरिएको छ । शारीरिक अपांगता पुरुषमा बढी देखिएको छ । न्यून दृष्टियुक्त समस्या महिलामा बढी देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *