भारतमा लोकसभा चुनाव सात चरणमा, पहिलो चरणको मतदान १९ अप्रिलमा
भारतमा शनिबार लोकसभा चुनावको मिति घोषणा गरिएको छ । भारतीय चुनाव आयोगका अनुसार सात चरणमा चुनाव हुनेछ । पहिलो चरणको मतदान १९ अप्रिलमा हुने भएको छ ।
दोस्रो २६ अप्रिल, तेस्रो ७ मे, चौथौं १३ मे र पाँचौं चरणको मतदान २० मे हुने छ । यस्तै, छैटौं चरणको मतदान २५ मे र सातौं चरणको १ जुनमा हुने भएको छ । मतगणना ४ जुनदेखि सुरु हुनेछ ।
भारतमा लोकसभाको ५ सय ४४ सिटका लागि निर्वाचन हुन लागेको हो ।
भारत निर्वाचनको तथ्यांक:
कुल योग्य मतदाताः ९६.८ करोड
पुरुषः ४९.७ करोड
महिलाः ४७.१ करोड
पहिलो पटक मतदाताः १.८ करोड
युवा मतदाताः १९.७४ करोड
अपाङ्गता भएका व्यक्तिहरू: ८८.४ लाख
८५ भन्दा उमेर समूहः ८२.८५ लाख
सय वर्ष पुगेका मतदाताः २.१८ लाख
ट्रान्सजेन्डर मतदाताः ४८ हजार
- ७६३ जना प्रहरी जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)
- लहडको भरमा निर्णय लिँदा विमानस्थलहरूबाट प्रतिफल प्राप्त भएन : माधव नेपाल
- ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
प्रतिक्रिया