चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिविको तयारी

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले चैतदेखि विद्यार्थीको शैक्षिक प्रमाण पत्र अनलाइनमार्फत दिने भएको छ ।

चैतदेखि विद्यार्थीको शैक्षिक प्रमाण पत्र अनलाइनबाट दिने गरी तयारी भइरहेको त्रिबिले जनाएको हो ।

यसअघि परीक्षा नियन्त्रण कार्यालयले १५ माघबाटै अनलाइनमार्फत सेवा दिन सुरु गरेको घोषणा गरेको थियो । तर त्यसै दिन वेबसाइट ह्याक भएपछि सेवा अवरुद्ध भएको थियो । वेबसाइट सञ्चालन भएपछि कार्यालयले अनलाइनमार्फत आवेदन संकलन मात्र गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *