अमेरिकी राष्ट्रपतिमा बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने

अमेरिकी इतिहासमै लगातार दोस्रो पटक राष्ट्रपति पदका लागि एकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । डेमोक्याट्रिक पार्टीबाट वर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प नै उम्मेदवार हुने पक्का भएको हो ।

डेमोक्याट्रिक पार्टीबाट बाइडेनको पहिला नै उम्मेदवारी निश्चित जस्तै भए पनि ट्रम्पलाई भने पार्टीमा चुनौतीहरू रहेका थिए । उक्त सबै चुनौतीहरूलाई पछि पार्दै ट्रम्प नै रिपब्लिकन पार्टीबाट उम्मेदवारको रूपमा अगाडि आएका छन् ।

अन्तिमसम्म प्रतिस्पर्धामा रहेकी निक्की हेली चुनावी मोर्चाबाट हटेपछि ट्रम्पलाई सहज भएको हो । अमेरिकाको ७० वर्षको इतिहासमा पहिलो पटक लगातार दुई चुनावमा एउटै उम्मेदवार हुने छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पनि डोनाल्ड ट्रम्प र बाइडेनबीच प्रत्यक्ष प्रतिस्पर्धा भएको थियो । अमेरिकामा डेमोक्याट्रिक र रिपब्लिकन पार्टीहरूले राष्ट्रपति पदका लागि प्राथमिक चुनावहरू जित्ने उम्मेदवारलाई मात्रै उम्मेदवार बनाउँछन् ।

बाइडेनलाई डेमोक्रेट क्याम्पबाट मनोनयन दौड जित्न १९६८ प्रतिनिधि चाहिन्छ । जर्जिया बाहेक मिसिसिपी, वाशिंगटन राज्य, उत्तरी मारियाना टापुहरूमा पनि बाइडेनको राम्रो समर्थन छ । समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्पलाई धेरै प्रमुख राज्यहरूमा राम्रो समर्थन मिलिरहेको छ । उम्मेदवारी स्वीकृत भएपछि बाइडेनले भने ट्रम्पको अभियानलाई ‘आक्रोश र बदलाको अभियान’ संज्ञा दिएका छन् ।

चार वर्षअघि सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएका थिए । पहिलो पटक क्यापिटल हिलमा ठूलो अशान्ति भएको थियो । अहिले पनि क्यापिटल हिल प्रकरणका आरोपीहरूलाई सजाय तोकिएको छ । ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएमा क्यापिटल हिल प्रकरणमा दोषी ठहरिएकालाई सजाय माफ गर्ने बताइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर