राष्ट्रियसभालाई अहिलेकै अवस्थामा राखेर अगाडि जान सक्दैन: सिटौला

राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभालाई सामान्य प्राविधिक रुपमा मात्रै राखेर अगाडि जान नसकिने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै राष्ट्रिय सभा सदस्य सिटौलाले राष्ट्रिय सभालाई प्रवुद्ध वर्गको भन्ने तर सामान्य प्राविधिक रुपमा मात्रै राखिएको भन्दै यस्तो तरिकाले राष्ट्रिय सभा अगाडी जान नसक्ने बताएका हुन् ।

कांग्रेस रचनात्मक र बलियो प्रतिपक्षको रुपमा बसेर देशको राजनीतिक कोर्सलाई सही बाटोमा अगाडि बढाउन आवाज उठाउने उनले बताए । उनले कांग्रेस संविधान भित्रबाट राज्य सञ्चालन हुनुपर्छ भन्ने मान्यतामा रहेको धारणा राखे । राज्य सञ्चालकहरुले जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ छ ।

‘जनताको हित संरक्षण जसरी गर्नसक्छौँ भनेर संविधानमा परिकल्पना भएको छ । त्यो कार्यान्वयन हुन सकेको छैन । यथार्थ कुरा हो । समग्र विषयमा हामी गम्भीर छौँ । र गम्भीरतापूर्वक छलफल गर्नेछौँ । राष्ट्रिय सभालाई एउटा प्रवुद्ध वर्गको भन्ने अनि सामान्य प्राविधिक रुपमा मात्रै राख्ने तरिकाले राष्ट्रिय सभा अगाडि जाँदैन । हामी नेपाली काँग्रेसको तर्फबाट रचनात्मक ढंगले र बलियो प्रतिपक्षको रुपमा नेपालको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडि बढाउनको लागि जनताको हितमा निरन्तर आवाज उठाइरहने छौं,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर