सरकार र निजी क्षेत्रको बीचमा सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न सकिँदैन : उपप्रधानमन्त्री महासेठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार र निजी क्षेत्रको बीचमा सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न नसकिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले देश बनाउने जिम्मा निजी क्षेत्रको मात्रै नभई सरकारको पनि भएको उल्लेख गरे ।

उनले नेपालको आर्थिक वृद्धिदर अहिले ७.१ प्रतिशतबाट झरेर दुई प्रतिशतभन्दा तल आएको बताए । केपी शर्मा ओली यसअघि प्रधानमन्त्री रहँदा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहेको उनको दाबी थियो । उनले अर्थतन्त्र सबल बनाउन सबै राजनीतिक दलहरुको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अबका दिनमा अर्थतन्त्र थप सुधार हुँदै जाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर