सैनिक ऐन २०६३ संशोधन हुँदै, चालु संसद अधिवेशनमा पेस गर्ने तयारी

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक ऐन २०६३ संशोधन गर्न लागिएको जानकारी दिएका छन् ।

यसका लागि सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी संशोधन मस्यौदा अगाडि बढेको उनको भनाइ छ ।
मन्त्री खड्काले संघीय संसदको चालु अधिवेशनमै संसदमा पेश गर्ने तयारी रहेको पनि जानकारी दिए ।

‘सैनिक ऐन २०६३ संशोधनका लागि गृहकार्य भइरहको जानकारी गराउन चाहन्छु, सम्बन्धित सरोकारवालाहरुसँग छलफल भइ संशोधन मस्यौदालाइ अन्तिम दिएर र यथाशक्य संसदको यसै अधिवेशनमा पेश गर्ने गरी अगाडि बढिरहेको बेहोरा जानकारी गराउन चाहन्छु,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *