तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित १० जनालाई ५ दिन हिरासतमा राख्न अनुमति
तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सीईओ तुलसीराम गौतमसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । कमसल धितोमा ऋण प्रवाह गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस अनुसन्धानको सिलसिलामा मंगलबार सीआईबीले तत्कालीन सेन्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्का पूवसीईओ मनोज न्यौपाने, प्रभुु बैंकका बहालवाला कर्मचारीहरु दिलीप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी छन् । उनीहरु पनि सेन्चुरी बैंककै पूर्वकर्मचारी हुन् । उनीहरुले सेन्चुरीमा रहँदा ऋण हिनामिनामा संलग्न भएको आरोप छ ।
यस्तै, सेन्चुरीका तत्कालीन कर्मचारीहरु सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सुनील बस्नेत पनि पक्राउ परेको ब्युरोका एसपी सुधीरराज शाहीले बताए । उनीहरुलाई बैंकिङ कसुरअन्तर्गत हिरासतमा लिइएको एसपी शाहीले जानकारी दिए । उक्त प्रकरणमा संलग्न अन्यलाई पनि पक्राउ गर्ने तयारी ब्युरोले गरेको छ ।
न्यौपाने नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालका भान्जा हुन् । उनीहरुले सेन्चुरीलाई प्रभु बैंकले प्राप्ति गर्नुअघि कमसल धितो राखेर ऋण प्रवाह गरेको पाइएपछि राष्ट्र बैंकले सीआईबीलाई अनुसन्धान तथा कारबाहीका लागि पत्राचार गरेको थियो ।
देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई सेन्चुरी बैंकबाट २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ऋण लिएका थिए । त्यसमध्ये ९९ करोड १९ लाख ६० हजार रुपैयाँ ओभरभ्यालुएसन गराएर लिएको पाइएको ब्युरोले जनाएको छ । एसपी शाहीका अनुसार २ अर्ब ऋणमध्ये १ अर्बको ओभरभ्यालुएसन गराएको पाइएको हो ।
प्रतिक्रिया