राप्रपा सांसद जैसवालको प्रश्न- धर्मनिरपेक्ष राज्य बहुसंख्यक हिन्दूले हेपिएर बस्न ल्याइएको हो ?
१३ फागुन २०८० ११:५१
राप्रपाकी सांसद विणा जैसवलालले पछिल्लो समय मधेशका जिल्लाहरूमा हिन्दू देवी देवताको पूजाआजा र धार्मिक विसर्जनका क्रममा द्वन्द्व सिर्जना गर्न थालिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद जैसवालले मधेशमा पछिल्लो समय बहुसंख्यक हिन्दू समुदायले आफ्ना चाडपर्व मनाउने क्रममा हिंसा भड्काउन खोजिएको बताइन् ।
जैसवालले भनिन्– जनताको अभिमतबिना देशलाई धर्मनिरपेक्ष बनाइएपछि धार्मिक द्वन्द्वमा फस्दै गएको छ । मधेशमा हरेक पटक हिन्दू धार्मिक चाडपर्वमा द्वन्द्व र विवाद सिर्जना गर्न खोजिएको छ । के धर्मनिरपेक्ष भनेको बहुसंख्यक हिन्दुले हेपिएर,दबिएर र डराएर बस्नुपर्ने व्यवस्था हो ?
सांसद जैसवालले सनातन हिन्दूराज्य स्थापना हुनुपर्ने माग गरिन् ।
प्रतिक्रिया