माधव नेपालले मान्छेलाई भ्रममा पारेर अल्मल्याइरहेका छन् : अध्यक्ष ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मान्छेहरुलाई अल्मल्याइरहेको आक्षेप लगाएका छन्।

मंगलबार नेकपा(एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य ईश्वरनारायण श्रेष्ठलाई एमाले पार्टी प्रवेश गराउँदै उनले यस्तो बताएका हुन्।

उनले माधव नेपालले मान्छेहरुलाई भ्रम दिएर झुक्याएको पनि बताउँदै भने,‘आफ्नो सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने प्रश्ताव लिएर, अदालत गएर, मलाई मुद्दा जिताइदिनु पर्यो भनेर अदालतमा जाने अनि दक्षिणपन्थी सरकार बनाएर आफ्नो सरकार ढालेर कति अधर्मी, कति अपराधिक मनोवृत्ति होला ? होइन भने त त्यस्तो मान्छे त सुकेरै मथ्र्यो। तर पनि ति मान्छेहरु त केही नि जस्तो छैन। उल्टै लाज पनि छैन। सरम पनि छैन। माधव नेपाल हेर्नुस् त, मान्छेलाई अल्मल्याएको छ। भ्रम दिएको छ। झुक्याएको छ। जनताकोमा गएर फ्रि भिसा टिकट मिलि, फ्रि का मतलव बिना ढेउवा, जनता अल्मल्याएको छ। झुक्याएको छ सबतिर।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *