विराटनगरमा भेटियाे शंकास्पद बस्तु, सेनाको टोली घटनास्थलमा

विराटनगरमा शंकास्पद वस्तु फेला परेको छ ।

विराटनगर महानगरपालिका-३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा खाल्डो खनेर प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद बस्तु फेला परेपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउने समूहले  शंकास्पद वस्तु राखेको  प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले बताएको छ ।

शंकास्पद वस्तु भेटिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *