
कोशी : नवनियुक्त मन्त्रीहरूले लिए शपथ


कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ।
कोशीका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका छन्।
कांग्रेसका प्रदीपकुमार सुनुवार स्वास्थ्य, रामकुमार खत्री उद्योग, कृषि तथा सहकारीमन्त्री तथा इन्दीरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङ आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा नियुक्त भएका छन्।
माओवादी केन्द्रका राजेन्द्रकुमार कार्कीलाई सामाजिक विकास र नारायण बुर्जा मगरलाई खानेपानी, सिँचाई तथा उर्जामन्त्रीमा नियुक्त भएका छन्। कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफैंसँग राखेका छन्।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ खुवाएका छन्।
- त्रिशूली दुर्घटना : मोटरसाइकलसहित उद्धार गरिएका तामाङको मृत्यु, बेपत्ताको खोजी जारी
- अगामी आर्थिक वर्षको बजेट मुलुकमा विद्यमान समस्याको हल हुनेगरी ल्याउँछौं : अर्थमन्त्री पौडेल
- धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूत नियुक्त
- ‘जानकी जन्मोत्सव’लाई ‘राष्ट्रिय पर्व’ घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग
प्रतिक्रिया