राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
२४ माघ २०८० ९:४५
सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरिएकाे छ।
बुधबार एक सुचना जारी गर्दै खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान भएको हो।
योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको (माघ २४ गते, बुधबारको) मितिले २१ दिनभित्र आवेदन दिन सक्ने बताइएको छ।
प्रतिक्रिया