राष्ट्रियसभा अध्यक्षमा माओवादीको दाबी
२३ माघ २०८० १४:२३
राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले आफ्नो दाबी गरेको छ। मंगलबार संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदहरूको संयुक्त संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभामा माओवादी ठूलो दल भएको र अध्यक्षमा आफ्नो दाबी हुने बताएका हुन्।
बैठकमा सहभागी एक सांसदले अध्यक्ष दाहालको भनाइलाई उदृत गर्दै भने, ‘राष्ट्रियसभा अध्यक्षमा हाम्रो दाबी रहन्छ। केही समयपछि संवैधानिक प्रमुखहरूमा पद रिक्त हुने हुनाले हाम्रो दाबी स्वाभाविक रहन्छ। गठबन्धनमा जे निर्णय हुन्छ, त्यसलाई स्वीकार गर्नुपर्छ’
अहिलेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल फागुन २० मा सकिदै छ।
फागुन २९ मा राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने तयारी गरिएको छ।
प्रतिक्रिया