विदेशी मुद्राको विनिमय दर, कुन देशकाे मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री ?
२३ माघ २०८० ७:१०
नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९२ पैसा र बिक्री दर १६७ रुपैयाँ ६८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया