राष्ट्रपतिबाट खानेपानीसम्बन्धी विधेयक प्रमाणीकरण
२१ भदौ २०७९ १९:१५
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणीकरण गरेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया