प्युठानमा बेवारिसे अवस्थामा शिशु फेला

प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नवजात शिशु (छोरी)फेला परेकी छिन् ।

होटेल आयुष्मा नजिकै जस्ताको छाप्रोमा सालनालसहित कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा शिशु फेला परेको  प्रहरीले जनाएको छ ।

बुधबार बिहान ७ बजेको समयमा बच्चा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लग्तै जिल्ला प्रहरी कार्यालय प्युठानको टोली उक्त ठाँउमा पुगेको थियो । शिशु जिवित रहेको र अहिले जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए ।

कसले बच्चा जन्माएर के उद्देश्यले फालेको हो भन्ने कुरो पत्ता नलागेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *