न्याम्सअन्तर्गत वीर अस्पताल हुनु हुँदैन : एमाले सचेतक बर्तौला
नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत वीर अस्पताल हुनु नहुने बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको कानून, न्याय तथा संसदीय मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले न्याम्सअन्तर्गत नै वीर अस्पताल हुने हो भने नेपाल सरकारको केन्द्रीय अस्पताल कुन हो? भन्दै प्रश्न गरे। उनले यो विधेयक असाध्यै स्पष्ट ढंगले ल्याएको र विधेयकमा राखेको प्रावधान र व्यवस्था यो स्वास्थ्य क्षेत्रलाई सरकारले केन्द्रीय अस्पतालका रुपमा वीर अस्पताललाई अघि बढाउनुपर्छ भन्ने भावनासाथ ल्याएको देखिने बताए।
उनले प्रतिष्ठानअन्तर्गत रहने हो भने सरकारले भनेको कुराहरू अस्पतालहरूले नमान्ने स्थिति आउने विगतको अनुभवबाट जानकारी पाएको बताए। न्याम्स प्रतिष्ठान मात्रै भएकाले आफ्नो युनिभर्सिटी बनाउन नसके सो समयसम्म वीर अस्पतालसँग सम्झौता गरेर चलाउन सकिने बताए।
उनले भने, ‘यो विधेयक असाध्यै स्पष्ट ढंगले सरकारले ल्याएको छ जस्तो देखिन्छ। विधेयकमा राखेको प्रावधान र व्यवस्था यो स्वास्थ्य क्षेत्रलाई सरकारले केन्द्रीय अस्पतालका रुपमा वीर अस्पताललाई अघि बढाउनुपर्छ भन्ने भावनासाथ ल्याएको छ। सिंगो देशलाई ध्यान दिएर हामीले बनाउने कानून के हो भने नेपाल सरकारको अब यहाँहरुले भनेकै जस्तो न्याम्सअन्तर्गत नै वीर अस्पताल हुने हो भने नेपाल सरकारको केन्द्रीय अस्पताल कुन हो? मलाई एकपटक बताइदिनुहोस् न। प्रतिष्ठानभित्र जब त्यो वीर अस्पतालभित्र तपाईंहरु पनि हुने भोलि ट्रमा पनि जोडिँदै जाने भन्ने ढंगबाट जाने हो देशको केन्द्रीय अस्पताल कुन हो? आज टिचिङ सरकारले भनेको अनुसार हुन्छ। बिपी सरकारको सिधैं भनेअनुसार छ? पाटन छ? वीर अस्पताल पनि प्रतिष्ठानअन्तर्गत लिएर गएर। न्याम्स एउटा प्रतिष्ठान हो, उसले आफ्नो युनिभर्सिटी, आफ्नो कलेज आफ्नो बनाउनुपर्छ। बनाउन सक्दैन भने त्यति बेलासम्म उसले वीर अस्पतालसँग एमओयु गरेर चलाउनसक्छ। कोभिडको समयमा वीर अस्पतालले नेपाल सरकारलाई सहयोग गरेन।’
- एनएमबि बैंक र यूएसएआईडीद्वारा पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना
- त्रिविको जग्गा तथा सम्पत्ति छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन
- त्रिविको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुन्छ : शिक्षामन्त्री भट्टराई
- प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
प्रतिक्रिया