रक्षामन्त्री खड्का सैनिक कल्याणकारी निर्देशनालयमा

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी निर्देशनालयको भ्रमण गरेका छन्।

आज(आइतबार) मन्त्री खड्काले नेपाली सेनाको सैनिक कल्याणकारी कोष मातहत संचालित गतिविधिहरूको बारेमा जानकारी लिएका हुन्। उनलाई निर्देशनालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यक्रममा २०३२ सालमा स्थापना भई संचालनमा रहेको गैर नाफामुलक सैनिक कल्याणकारी कोष र सो मातहत संचालित विविध गतिविधिहरूको बारेमा जानकारी गराईएको नेपाली सेनाले जनाएको छ।

निर्देशनालयको गतिविधिका बारेमा जानकारी लिन जङ्गी अड्डा परिसर पुगेका मन्त्री खड्कालाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गरेका थिए। सो अवसरमा प्रधान सेनापतिले बहुजन हिताय, बहुजन सुखाय मूलमन्त्रसहित हिताधिकारीहरुको जीवनयापनमा सहयोग पुर्याउन सैनिक कल्याणकारी कोष मातहत संचालित गतिविधिहरु पारदर्शी एवं नियमसंगत रहेको जानकारी गराएको सेनाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *