बिआरआईअन्तर्गतका परियोजना छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्छ : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बिआरआईअन्तर्गतका परियोजनाहरू छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन्।
आईतबार काठमाडौंमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरूबीचको छलफलका क्रममा उनले सो कुरा बताएका हुन्। उनले बिआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्नेकुरामा आफूहरूपछि परेको उल्लेख गरे।
उनले परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए। उनले नेपाल र चीनका बीचमा उच्चस्तरमा भएका भ्रमणले दुई पक्षिय सम्बन्धलाई बलियो बनाएको बताए। उनले विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेको रहेको जिकिरसमेत गरे।
महासचिव पोखरेलले नेपाल र चीन बीचको भूगोललाई चुनौति नभइ अवसरका रुपमा लिएर अघि बढ्न, सबै नाकालाई आवागमन र व्यापारका लागि सहज बनाउनसके दुई पक्षिय सम्बन्धलाई फाराकिलो बनाउने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *