
मधेस प्रदेशमा सकियो राष्ट्रियसभा निर्वाचनको मतदान


राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेस प्रदेशमा दुई पदका लागि मतदान सम्पन्न भएको छ ।
आज बिहान ९ बजेदेखि तीन बजेसम्म भएको निर्वाचनमा तीन सय ७४ मतदातामध्ये तीन सय ७३ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख नवीन चौधरीले जानकारी दिए ।
मधेस प्रदेशसभाका एक सय सात सदस्यमध्ये एक सय छ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षतर्फ दुई सय ६७ जनाले नै मतदान गरेको चौधरीले बताए ।
मतदान सम्पन्न भएकाले आजै केहीबेरमा मतगणना गर्ने गरी सर्वदलीय बैठकको तयारी भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ स्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा मतदान केन्द्र र मतगणनाको व्यवस्था गरिएको छ । अन्य (खुला) र महिलातर्फका दुई सदस्यका लागि पाँच जना प्रतिस्पर्धामा हुनुहुन्छ । दुई सदस्यमध्ये अन्य समूहमा नेपाली कांग्रेसबाट आनन्दप्रसाद ढुंगाना (धनुषा), नेकपा (एमाले) बाट कुमारी विजेता झा (धनुषा) र जनमत पार्टीबाट रामशङ्कर महासेठ (धनुषा) को उम्मेदारी छ भने महिला समूहमा एमालेबाट उषादेवी थरुनी (पर्सा), जनता समाजवादी पार्टी (जसपा) बाट पूजा चौधरी (रौतहट) उम्मेदवार छन् ।
- त्रिशूली दुर्घटना : मोटरसाइकलसहित उद्धार गरिएका तामाङको मृत्यु, बेपत्ताको खोजी जारी
- अगामी आर्थिक वर्षको बजेट मुलुकमा विद्यमान समस्याको हल हुनेगरी ल्याउँछौं : अर्थमन्त्री पौडेल
- धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूत नियुक्त
- ‘जानकी जन्मोत्सव’लाई ‘राष्ट्रिय पर्व’ घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग
प्रतिक्रिया