लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को मतदान कार्य प्रारम्भ भएको छ । पहिलो मतदान प्रदेश सभा सदस्यतर्फ मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र स्थानीय तहतर्फ घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मतदान गरेका छन्।

दाङको कर्मचारी मिलन केन्द्र घोराहीमा दुई वटा मतदान केन्द्र रहेको ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेश सभा सदस्यहरूले मतदान गर्दैछन् भने ‘ख’ मतदान केन्द्रमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख उपप्रमुख गरेर दुई सय १८ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट पाँच राजनीतिक दलका ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। लुम्बिनीमा अन्य र महिला कलस्टरका दुई पदका लागि निर्वाचन हुँदैछ।

लुम्बिनी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ माओवादीका झक्कु सुवेदी र महिलातर्फ काँग्रेसकी विष्णुकुमारी सापकोटा चुनावी प्रतिस्पर्धामा छन् । एमालेका उम्मेदवारबाट महिलातर्फ तुलसा कुमारी केसी र अन्यतर्फ झपेन्द्रबहादुर घर्ती क्षेत्रीको उम्मेदवारी परेको छ ।

राप्रपाले महिलातर्फ विजयलक्ष्मी सिंहलाई मैदानमा पठाउँदा जनमत पार्टीबाट बालगोविन्द चौधरी पनि प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर