सर्वोच्च पुगेकी न्यायाधीश गिरीकी पत्नी आरती गेटबाटै प्रहरीकाे नियन्त्रणमा
२ माघ २०८० ११:५७
न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरी रावल आज पनि सर्वोच्च अदालत पुगेर विरोध प्रदर्शनको प्रयास गरेकी उनलाई प्रहरीले गेटबाटै नियन्त्रणमा लिएकाे छ ।
गएको शुक्रबार गिरीले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गरेकी थिइन् । त्यति बेला पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो ।
न्यायाधीश गिरीले आफूलाई वैवाहिक बलात्कार गरेको आरोप लगाउँदै आरती कानूनी लडाइँमा छिन् । उनको मुद्दा अदालतमा विचाराधीन छ ।
प्रतिक्रिया