गरिमा क्यापिटलको आठौं वार्षिक साधारणसभाले यी हुन् पारित गरेका प्रस्ताव
गरिमा क्यापिटल लिमिटेडले बुधबार आफ्नो आठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरी आव २०८०/८१ क लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरू पारित गरेको छ ।
गरिमा क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दीपक पाण्डेयको अध्यक्षतामा सम्पन्न आठौं वार्षिक साधारणसभामा आव २०७९/८० को वार्षिक प्रतिवेदनउपर सहभागी शेयरधनीहरूले राखेका जिज्ञासाहरूबारे अध्यक्ष पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारेका थिए ।
गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोशेयर खातासम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ ।
निकट भविष्यमा नै कोष सुपरीवेक्षक र कोष प्रवर्द्धकको प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्डअन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरू क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडि बढ्ने उसको योजना छ ।
गरिमा क्यापिटलका सम्पूर्ण सेवाहरू ग्राहकसमक्ष पुर्याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट सहजीकरण हुँदै आएको छ ।
संस्थाले आफ्ना सेवाहरू अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नका निमित्त विभिन्न नवीनतम प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
प्रतिक्रिया