रामबहादुर बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा पेस गरिँदै

मंगलबार राति काठमाडौँबाट पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा पेस गरिँदैछ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई सडक मार्ग हुँदै गएराति झण्डै २ बजे मलंगवास्थित सर्लाही जिल्ला प्रहरी कार्यालयमा पुर्याएको छ।

बम्जनलाई हवाई मार्गबाट जनकपुर हुँदै सर्लाही लैजाने तयारी सीआईबीले गरे पनि जनकपुरको मौसम खराब भएपछि उनलाई गाडीमा राखेर सर्लाही लगिएको थियो। अहिले बम्जनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण धितालले जानकारी दिए।

बम्बनविरुद्ध २१ असार २०७७ मा सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दा बम्जनमाथि छ। बाराको निजगढ नगरपालिका, वडा नं १२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। त्यसयता उनी निरन्तर फरार थिए।

बम्जन सर्लाहीको लालबन्दी नगरपालिका १२ पत्थरकोट (चुरे क्षेत्र)मा आश्रम बनाएर केही वर्ष बसेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर