
सत्ता गठबन्धनमा मिलेन भागबण्डा, आज पनि बैठक बस्दै

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न हिजाे बसेको सत्तासाझेदार दलहरूको बैठक निष्कर्षविहीन भएको छ। दलहरूकाे आ-आफ्नै अडानले सिट संख्या बाँडफाँड हुन नसकेपछि बैठक आज बिहान फेरि बस्न लागेकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातसम्म बसेको बैठकमा प्रमुख दलहरूले बढी सिटमा दाबी गरेपछि कुरा नमिलेको हो।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच कुरा मिल्न नसकेपछि बैठक निष्कर्षविहीन भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। लेखकका अनुसार बैठक आज बिहान फेरि बस्नेछ।
राष्ट्रिय सभामा रिक्त सिटभन्दा बढी दाबी गरेका हुन्। उनीहरुको दाबीअनुसार १९ सिटका लागि २६ पुगेको छ। बैठकमा कांग्रेसले ११, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ३–३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १–१ सिट दाबी गरेका थिए। सातै प्रदेशमा पुस २३ मा उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ।
- बंगलादेशमा हिन्दू नेताको हत्याको विरोधमा जनकपुरमा विरोध प्रदर्शन
- पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोप- टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन्
- बद्री केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा अपहेलना मुद्दा
- विप्लवको गुनासो– प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौं, एकचोटी हेरेनन्
प्रतिक्रिया