ललितपुरको सीडीओमा श्रेष्ठ, प्रहरी प्रमुखमा एसएसपी खनाल
गृह मन्त्रालयले ललितपुरमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी सहसचिव तुलसीबहादुर श्रेष्ठलाई दिएको छ । यस्तै प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनाललाई दिइएको छ ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका श्रेष्ठलाई ललितपुरमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन् ।
यस्तै प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी खनाललाई ललितपुरमा प्रहरी प्रमुखको जिम्मेवारी दिएका हुन् ।
केहि दिनअघि ललितपुरको बालकुमारीमा ईपीएसको परीक्षाको विषयलाई लिएर भएको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएपछि गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय र प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानेको थियो ।
प्रतिक्रिया