बाँकेमा बालसुधार गृहमा झडप, पाँच जना घाइते

बाँकेमा रहेको एक बालसुधार गृहमा झडप भएको छ। नौवस्तास्थित बालसुधार गृहका बालबन्दीबीच झडप भएको हो।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलका अनुसार बैजनाथ-३, गाभरस्थित क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहका बालबन्दीबीच झडप भएको हो।

बालसुधार गृहमा १८ वर्षमाथिका बन्दीबीच शनिबार रातिदेखि नै झडप भएको थियो।

दुईवटा ब्लकका बालबन्दीबीच झडप भएको हो। झडपमा चार जना बालबन्दी घाइते भएका छन्।

एउटा ब्लकमा २३ जना र अर्को ब्लकमा ९३ जना राखिएका छन्। उनीहरूबीच ढुंगा हानाहान भएको छ।

आइतबार अपराह्न ४ बजेतिर हानाहान हुँदा एक जना बालबन्दी घाइते भएका छन्। घाइतेलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको छ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप सुरक्षा बल खटिएको छ।

यहाँ १८ वर्ष उमेर समूहमाथिका विभिन्न जिल्लाका १ सय १६ जना बालबन्दी छन्। गत असोज ४ गते बाँकेकै डुडुवा-६ स्थित जयन्दु बालसुधार गृहका बालबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर