जापानको ‘जोजिरूशी’ कम्पनीका उत्पादन ‘आफ्नो ट्रेड कन्सर्न’ ले नेपाल भित्र्यायो, लबिम मलमा शोरूम
जापानको विश्व प्रसिद्ध ‘जोजिरूशी’ का उत्पादनहरू नेपालमा औपचारिक बिक्री सुरू भएको छ। ‘आफ्नो ट्रेड कन्सर्न प्रालि’ ले जोजिरूशीका उत्पादनहरू नेपालमा भित्र्याएको हो।
सन् १९१८ मा स्थापना भएको जोजिरूशीले सुरूमा भ्याकुम इन्सुलेसन बोटलहरूको निर्माण गरेर आफ्नो यात्रा सुरू गरेको थियो। आफ्ना उत्पादनहरूमा विविधता थप्दै जोजिरूशीले राइस कुकर, ब्रेडमेकिङ मेसिन र आधुनिक समाजका लागि चाहिने अन्य किचन अप्लाइन्सेसहरूको उत्पादन गर्दै आएको छ।
जोजिरूशीका उत्पादनहरू बिक्री गर्न आफ्नो ट्रेड कन्सर्नले केही दिनअघि ललितपुरको पुल्चोकमा रहेको लबिम मलको एल-६ मा स्टोर सञ्चालनमा ल्याएको छ।
उक्त स्टोरमा उपभोक्ताहरूले आफैंले समान निरीक्षण गर्न र समानहरू प्रयोगको बारेमा स्टोरमा कार्यरत कर्मचारीबाट आवश्यक जानकारी लिन सक्ने आफ्नो ट्रेड कन्सर्नले जानकारी दिएको छ।
जोजिरूशीका मुख्य उत्पादनहरूमा राइस कुकर, ब्रेडमेकिङ मेसिन, पानी खाने बोतल, भ्याकुम इन्सल्टेड मग र बोतल, जारलगायत रहेका छन्। सय वर्षभन्दा लामो इतिहास बोकेको कम्पनीबाट उत्पादित प्रडक्टहरू गुणस्तरीय, स्वास्थमैत्री र टिकाउ रहेको आफ्नो ट्रेड कन्सर्नले जनाएको छ।
यसका उत्पादनहरू जापान, अमेरिका, सिंगापुर, युरोपलगायत विश्वका प्रमुख बजारहरूमा समेत उपलब्ध छन्। आफ्नो ट्रेड कन्सर्नले हाल विभिन्न प्रकारका राइस कुकर, ब्रेड मेकिङ मेसिनलगायतका सामाग्री आयात गरी नेपाली उपभोक्तालाई उच्च गुणस्तरका वस्तुहरूको बिक्री वितरण सुरू गरेको जानकारी दिएको छ।
प्रतिक्रिया