मर्दी हिमालसम्म पदयात्रामा गएका स्विडिस नागरिक सम्पर्कविहीन

कास्कीको पोखराबाट मर्दी हिमालसम्म पदयात्रामा गएका एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। उनी २४ घन्टादेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएकाे छ।

मिचेल नाम गरेका स्विडिस युवक शनिवार बिहान करिब ४ बजे मर्दी हाई क्याम्पबाट बेस क्याम्प हिँडेकोमा सम्पर्कविहीन भएका हुन् ।

उनको खोजीकार्य भइरहेको कास्की प्रहरीका एसपी मोहनकुमार थापाले जानकारी दिए। आइतवार बिहानसम्म सम्पर्कमा नआएपछि उनको खोजीमा वडा प्रहरी कार्यालय बगरको नेतृत्वमा प्रहरी बिहानै मर्दी बेसक्याम्प हिँडेको उनले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर