मैथिली साहित्यको दस्तावेज ‘शहरक भीडमे एसगर हम’
१४ पुष २०८० ९:०८
साहित्यकार माझ धर्मेन्द्र विह्वलका रुपमा परिचित पत्रकार धर्मेन्द्र झाले मैथिली साहित्यको दस्तावेजमा अर्को एउटा कृति थपेका छन्– ‘शहरक भीडमे एसगर हम’ अर्थात् ‘सहरको भीडमा एक्लो म’ ।
विह्वलले साहित्य यात्रा मैथिली कविताको छैटौँ शृंखलाका रूपमा यो कृति प्रकाशित गरेका छन् । यो कृतिमा एकै शीर्षकमा ५१ वटा कविता अटाएका छन् । सहर शीर्षक दिइएका ५१ वटा कविता २०४७ सालदेखि २०६६ सालको बीचमा विभिन्न मितिमा लेखिएका छन् ।
यस कृतिमा कवि विह्वलले कवितामार्फत सहर सपना र सहरको वास्तविकता खोतल्ने प्रयास गरेका छन् । अधिकांश कवितामा आफैँले भोगेका अनुभव समेटिएको विह्वलले बताए ।
कृतिको भूमिकामा नेपाल संगीत तथा प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद्का पूर्वसदस्य रमेश रञ्जनले विह्वलका प्रकाशित सबै कृतिका आधारमा उनी कविता र साहित्य लेखनका सबै विधामा उत्तिकै माहिर रहेको बताएका छन् । उनले उल्लेख गरेका छन्, ‘विह्वलका रचनामा शब्दमात्रै छैनन, त्यहाँ भावना, अनुभव र संवेदना पनि उत्तिकै सान्दर्भिक छन् ।’
प्रतिक्रिया