सरकारको कामकारबाहीप्रति सत्तारूढ दलभित्रै असन्तुष्टि

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएको छ । ललितपुरमा शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सरकारको कामकारबाही सन्तोषजनक नरहेको निष्कर्ष निकालेको हो ।

बैठकले परिणाममुखी कार्य गर्न पनि सरकारलाई अग्रसर गरेको छ । सरकारलाई देश र जनताको पक्षमा परिणामुखी काम गर्नका लागि अग्रसर हुन आग्रह गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले सहकारी क्षेत्रमा देखिएको गैरकानुनी कार्यमा संलग्न व्यक्ति तथा संस्थाहरूलाई कानुनी कारबाही गर्न पनि सरकारलाई सचेत गराएको छ । त्यसैगरी वित्तीय नीतिमा सुधार गर्दै आम उपभोक्ता र लगानीकर्ताहरूलाई उत्साहित बनाउन तथा उत्पादन वृद्धिमा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

कृषि क्षेत्रको सुधार गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशातर्फ कदम चाल्न पनि सरकारलाई बैठकले सुझाव दिएको प्रवक्ता खतिवडाले बताए ।

नेकपा (एस) ले जनताले उत्पादन गरेका कृषि उपजहरू न्यूनतम समर्थन मूल्यमा खरिद गरी त्यसको बजारीकरणको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *