पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सहकारीका उपाध्यक्ष पक्राउ

कास्कीको पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन्। उनलाई बिहीबार रामेछापबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।

पक्राउ परेका उनलाई शुक्रबार बिहान पोखरा लगिएको छ। आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि दर्लामी फरार थिए।

यो सहकारीको रकम हिनामिना प्रकरणमा १९ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएकामा दुुई जना मात्रै पक्राउ परेका छन्। यअसघि कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए र उनी अहिले पुर्पक्षका लागि थुनामा छन्।

पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन्।

प्रहरीले पूर्वअध्यक्ष जीबी राईसहित भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरूङविरूद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्न पुस ६ मा पत्राचार गरिसकेको छ। सहकारीमा १८ हजार ७०० बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रूपैयाँ हिनामिना भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *