विक्रान्त : भारतीय नौसेनाको नयाँ युद्धपोत कस्तो छ ?

‘यो पानीजहाजमा तपाईं एक्लै हुनुहुन्छ भने बाटो पत्ता लगाउन सक्नुहुन्छ ?,’ विक्रान्तमा रहेका एक नौसैनिक अधिकारीसँग सोधेँ ।

उनले मुस्कुराउँदै जवाफ फर्काए, ‘अहिले थाहा पाउन थालेको छु तर यति थाहा पाउन पनि २ महिना लाग्यो ।’

शुक्रबारका दिन भारतले आफ्नो सबैभन्दा ठूलो युद्धपोत विक्रान्तलाई नौसैनिक पानीजहाजहरूमा जोडेकाे छ । कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक रूपमा त्यो काम गरे ।

संस्कृतमा विक्रान्तको अर्थ हुन्छ – बहादुर । यो बनाउन मात्रै १३ वर्ष लाग्यो । यो प्रक्रियालाई कमिसनिङ भनिन्छ, त्यसपछि यो पानीजहाजको आईएनएस जोडिनेछ।

भित्र कस्तो छ विक्रान्त ?

यसमा २३ सय कम्पार्टमेन्ट छ र भित्र पस्ने बित्तिकै तपाईं पानीजहाजमा छु भन्ने बिर्सनुहुन्छ । २ सय ६२ मिटर लामो र ६० मिटर अग्लो यो पानीजहाजमा तीव्र गतिको समुद्री लहरले पनि खासै असर गरेको अनुभव हुँदैन ।

जहाजको ठूलो बाटो र भर्‍याङले जोड्छ जसले एक ठाउँबाट दोस्रो स्थानमा जान समस्या हुँदैन । एयर कन्डिसनले बाहिरको गर्मीलाई भित्र आउनबाट रोक्छ ।

विक्रान्त नामबाट परिचित नै हुनुहुन्छ । भारतको पहिलो एयरक्राफ्ट क्यारियरको नाम थियो । त्यसलाई ब्रिटेनको रोयल नेवीबाट किनिएको थियो र १९६१ मा कमिसन गरिएको थियो । सन् १९९७ मा आइएनएस विक्रान्तलाई डिकमिसन गरिएको थियो । यसले सैनिक कारबाहीमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

नयाँ विक्रान्तमा १७०० मानिस काम गर्छन् । अहिले भने यसमा २ हजार प्राविधिक काम गर्छन । त्यसको काम केबल बिछ्याउने,पेलिस गर्ने र इन्टेरियरको जस्ता काम गरिरहेका छन् ।

यसपछि हामी जुन कम्पार्टमेन्टमा गयौं त्यसलाई टीसीआर थ्रेटल कन्ट्रोल रूम भनिन्छ ।

वरिष्ठ इन्जिनियर अधिकारी लेफ्टिनेन्ट कमाण्डर साई कृष्णले भने, ‘हामी जहाजको मुटुमा छौं । यहीबाट ग्याँस टरबाइन इन्जिन सञ्चालन हुन्छ । त्यसैको सहयोगले यो एउटा शहर जस्तो पानीजहाज तैरिन्छ ।’

यसको चार वटा इन्जिनले ८८ मेगावाट पावर दिन्छ । यहाँ काम गरिरहेका मानिसले भने यो एउटा शहरका लागि पर्याप्त ऊर्जा हो ।

यसपछिको आउने भागलाई नौसैनिकहरूले  ‘गेले’ भन्छन् । याे एउटा कफी मेसिन हो । सफा कुर्सी टेबल  छ र कैयौं कन्टेनर पनि छ । यो एउटा क्यान्टिन हो । विक्रान्तमा यस्तो ३ वटा ठाउँमा छ । एक अधिकारीका अनुसार यदि तपाईं तीन गेले मिलाउन सक्नुहुन्छ भने एकैपटक ६ सय मानिसलाई खाना खुवाउन सक्नु हुन्छ ।

अघि बढ्दा बायाँतर्फ बस्नका लागि क्वार्टर पनि छ । अहिले यहाँ गद्दाहरूलाई एकसाथ प्लास्टिकमा प्याक गरेर राखिएको छ । मानिस बस्न थाले पछि यसको पनि प्रयोग हुन्छ ।

योसँगै विक्रान्तमा एउटा ठूलो स्वास्थ्य सुविधा पनि छ । यहाँ १६ बेडको अस्पताल छ । अपरेसन थिएटर र ल्याब छ । आइसियू छ र सिटी स्क्यान पनि रहेछ । यहाँ ५ जना असिफर डक्टर  र १५ प्यारामेडिक छन् ।

यसमा नौसेनाका लागि सबैभन्दा ठूलो स्वास्थ्य सुविधा भएको बताइएको छ ।

यसपछि यस्तो ठाँउ पनि छ जसले पानीजहाजको अनुभूति पनि गराउँछ । तर यो अन्य पानीजहाज जस्तो होइन । यो पानीजहाजमा ३० युद्धक विमान र हेलिकोप्टर राख्न सकिन्छ । हामी अहिले ह्याङगरमा छौं ।

क्षमताको कुरा गर्दा के पनि बुझ्नु आवश्यक छ भने अर्को यस्तो युद्धपोत पनि छ जसमा योभन्दा पनि धेरै विमान राख्न सकिन्छ । जस्तै आईएनएस विक्रमादित्य, ब्रिटेनको नौसेनाको एलिजाबेथले ४० वटा युद्धक विमान बोक्न सक्छ, अमेरिकी नौसेनाको निमित्ज क्लास क्यारियरले ६० भन्दा बढी युद्धक विमान बोक्छ ।

दुई रुसी ‘मिग २९ के’ युद्धक विमान र कामोव ३१ अर्ली बार्निक हेलिकोप्टर युद्धपोतको पछाडिको हिस्सामा राखिएको छ ।

लेफ्टिनेन्ट कमाण्डर विजय शियोरान भन्छन्, ‘यसलाई एउटा पार्किङको रूपमा बुझ्न आवश्यक छ र एउटा टिमले मर्मत र संभारको काम हेर्छ र यसमा रहेको एउटा विशेष लिफ्टले जहाजलाई डेकसम्म ल्याउँछ । जुन यसको ठीक माथि छ ।’

त्यसपछि हामी डेकमा पुग्यौं, यही स्थानबाट विमानहरू उडान भर्ने र अवतरण गर्ने गर्छन् । फरकफरक समयमा विक्रान्तबाट फरकफरक विषयको परीक्षण गर्ने गरिएको छ । तर निरन्तरको फ्लाइङ अपरेसनका लागि परीक्षण हुन बाँकी नै छ ।

यो परीक्षण नौसेनाले यही वर्षको अन्त्यसम्म गर्न सक्छ ।

लेफ्टिनेन्ट कमाण्डर सिद्धार्थ सोनी फ्लाइट डेक अफिसर हुन् र एक हेलिकोप्टर पाइलट पनि हुन् । ‘हाम्रो फ्लाइट डेक करिब साढे १२ हजार क्वयार मिटरको अर्थात् साढे २ वटा हकी मैदान जत्रो छ र यसबाट एकैपटक १२ वटा फ्लाइटर प्लेन र ६ वटा हेलिकोप्टर सञ्चालन गर्न सक्छौं । पहिलेको एयरक्राफ्ट क्यारियरभन्दा निकै ठूलो छ र तपाईंसँग धेरै स्थान हुँदा बढी विमान राख्न सक्नुहुन्छ ।’

विक्रान्तको खास विशेषता भनेको रुसी, अमेरिकी र भारतीय विमान एकै ह्यान्डगरमा राख्न सकिन्छ ।

तर ४५ हजार टनको यो निकै शक्तिशाली युद्धपोत शत्रुपक्षको टार्गेटमा पर्छ । आफ्नो क्यारियर बनाउने समयमा चीनले आफ्नो विमानवहाकलाई किलर हाइपरसोनिक क्षेप्यास्त्र भनेर प्रचार गरेको थियो ।

आफ्नो रक्षा यसले कसरी गर्छ ?

‘यो क्यारियर एक्लै हिँड्दैन । यसको साथ अन्य जहाज पनि हिँड्छ र त्यसले नै यसलाई पूर्ण रूपमा शक्ति दिन्छ । यसमा युद्धपोत, एन्टी सबमरिन वार फेयरको क्षमता र एन्टी एयरको क्षमता हुन्छ । विक्रान्त आफैंमा रक्षात्मक सुविधायुक्त छ । यो युद्धक विमान र युद्धपोतबीचको समन्वयको विषय हो,’ क्याप्टेन रजत कुमारले भने ।

यहाँबाट निक्लिने  समयमा हामीले लेफ्टिनेन्ट क्याप्टेन चैतन्त्र मल्होत्रासँग भेट्यौं  । उनको टिमले विक्रान्तलाई मौसमको जानकारी दिन्छ । जुन कुनै पनि मिसनको लागि एउटा महत्त्वपूर्ण विषय हो ।

‘उडान र अवतरणको समयमा हावाको गतिको बारेमा जानकारी राख्नु निकै आवश्यक हुन्छ । मेरो टिमकाे भूमिका निकै महत्त्वपूर्ण हुन्छ । हामी लगातार मौसमको फरकफरक अवस्थाको बारेमा जाँच गरिरहन्छौं र मौसमको पूर्वानुमन जारी गर्छौं,’ उनले भने ।

आवश्यकता अहिले सकिएको छैन

अन्य एयरक्राफ्टभन्दा फरक यो युद्धपोतको विशेषता भनेको एउटा एयरफिल्डको मिसनको आवश्यकताअनुसार एक स्थानबाट अर्को स्थानमा लैजान सकिन्छ  । विक्रान्त सञ्चालनमा आउँदा भारतसँग दोस्रो क्यारियर हुन्छ ।

तर नौसैनिक के ठान्दछन् भने कम्तीमा पनि अर्को युद्धपोत आवश्यक छ । यसअघिका नौसेना प्रमुखले यस विषयमा स्पष्टसँग आफ्नो धारणा राखिसकेका छन्।

केन्द्रमा मोदी सरकारले रक्षा उत्पादनमा आत्मनिर्भर हुने विषयमा निरन्तर रूपमा जोड दिँदै आएकाे छ । तर, तेस्रो क्यारियरका लागि जुन रकम आवश्यक पर्छ त्यो अहिले उपलब्ध गराइएको छैन ।

केही समय पहिलेसम्म विक्रान्तसँग जोडिएका रिटायर्ड भ्वाइस एडमियर एके चावलाले यो विषय निर्णय गर्ने वा छाडिदिनेबीच बाटो लिनुपर्ने बताउँछन् ।

‘८० को दशकमा आर्थिक उदारीकरणका पछि चीनले के बुझ्यो भने बिना नौसैनिक शक्ति नबाउँदासम्म एउटा विश्व शक्तिको रूपमा बन्न सकिँदैन । आज हेर्नुहोस्, त्यहाँ विश्वको सबैभन्दा सशक्त नौसैनिक छ र त्यो निकै गतिका साथ नयाँ एयरक्राफ्ट बनाइरहेको छ । तपाईं रातारात क्यारियर बनाउन सक्नुहुन्न । यसका लागि समय लाग्छ, यसैले विक्रान्त जस्तै एउटा अर्को पानीजहाज आयो भने हाम्रो बेडा (जहाजहरूको समूह)लाई रक्षा गर्न सक्छ, निकै परसम्म जान सक्छौं र दुश्मनकाे जहाजलाई ध्वस्त पार्न सक्छौं ।’

चीनले २०१२ देखि २०२२ बीचको समयमा दुई वटा विमानलाई कमिसन गरेको छ र तेस्रो तथा अहिलेसम्मको सबैभन्दा ठूलो बनाउने गरी काम गरेको छ । चीनले आफ्नो सैनिकको क्षमता निकै बढाएको छ र अमेरिकालाई पछि छाडेकाे छ ।

र अन्तिममा,

जहाजको बाहिर नौसैनिक ब्यान्डले रिहर्सल गरिरहेको थियो । यसको साथ ठूलो क्रेनले गह्रुंगाे सामान उठाउँदा तीव्र रूपमा साइरन बज्छ । सरकारी जहाज बनाउने कम्पनी कोचिन शिपयार्ड लिमिटेड (सीएसएल)ले राहतको सास फेरेको छ ।

सबैभन्दा पहिले सरकारले २००३ मा यो जहाज बनाउन मञ्जुरी दिएको थियो । सन् २००७ मा पहिलो सम्झौतामा हस्ताक्षर भयो । त्यसपछि काम सुरु भयो । तर, जहाज बनाउने दोस्रो चरणमा ढिलो भयो, खासगरी यसमा हतियार तथा प्रोपल्सन सिस्टम र रुसबाट आएको उड्डयन उपकरण गराउने काम गर्दा ।

सीएसएलका अध्यक्ष तथा कार्यकारी निर्देशक मधु नायरका अनुसार यो जहाज बनाउनका लागि १३ वर्ष लाग्यो र त्योभन्दा पनि चाँडो समयमा काम हुनुपर्छ ।

‘१३ वर्ष लाग्नु राम्रो होइन ,हामी योभन्दा राम्रो गर्न सक्छौं । तर, यो पनि बुझ्न आवश्यक छ कि पहिलो पटक हामी यो काम गरिरहेका थियौं । त्यसैले हामी दुखी भने छैनौं ।’

मैले चीनको तीव्र गतिमा बढेको कदमको बारेमा उनको ध्यान आकर्षित गर्दा उनले भने, ‘चीनसँग तुलना गर्ने समयमा हामीले पूरै आर्थिकचक्रको बारेमा पनि सोच्न पर्छ । त्यो ब्रिटेन र अमेरिकाको तुलनामा पनि तीव्र गतिले अघि बढेको छ । ‘

विक्रान्त बनाएपछि शिपयार्डकाे आफैंमाथि विश्वास पनि बढेको छ । अहिले त्यो अत्याधिक क्षमता प्राप्त गर्नका लागि लगानी गरिरहेको छ ।

‘हामीले नयाँ डकमा लगानी गरिरहेका छौं जसले भारतलाई नयाँ जनेरेसनको एयरक्राफ्ट क्यारियर बनाउन सकौं, यो सन् २०२४ सम्म बनेर तयार हुन्छ । नयाँ क्यारियर बनाउनका लागि चाँडै अनुमति पाउने अपेक्षा गरेका छौं । यस्तो भयो भने हामी चाँडै दिन पनि तयार छौं ।’

विक्रान्तलाई बनाउनका लागि २ खर्ब भारतीय रुपैयाँ खर्च भएकाे छ ।

याे युद्धपोतको ७६ प्रतिशत सामग्री भारतमै बन्यो । यसलाई करिब ५ हजार भारतीय कम्पनीले बनाए। नौसैनिक तथा सीएसएल दुवैले यसलाई भारतीय रक्षा क्षेत्रमा भएको लगानीको रूपमा हेरेका छन् । सरकारकाअनुसार जहाज बनाउन लागेको १३ वर्षमा करिब १५ हजारले रोजगारी पाएका छन् ।

डेटालाई अलग राखेर हेर्दा पनि सीएसएलकी जनरल म्यानेजर डिजाइनर अन्जना केआरले भनिन्, ‘यो एउटा भावनात्मक यात्राको सुरुवात हो ।सन् २००९ मा म्याटेरिएल विभागमार्फत यसको डिजाइनबाट जोडिएको हो । जहाजका लागि आवश्यक पर्ने कैयौं खरिदमा म संलग्न रहेको थिएँ र म डिजाइन विभागमा पुन आएकी छु  । यो निकै चुनौतीपूर्ण थियो । कहिलेकाँही लाग्थ्यो हामी अघि बढ्न सक्दैनौ तर हामी एकजुट भएर र नौसेनासँग मिलेर काम गर्‍यौं र त्यो कठिनाइको सामना गर्न सक्यौं ।’

सन् २०१३ मा  विक्रान्तलाई पहिलो पटक पानीमा राख्दा होस वा समुद्रमा गत वर्ष भएको ट्रायल अञ्जनाले आमाबुबाले जस्तो धेरै कुरा नजिकबाट नियालेकी छिन् ।

‘यो मेरो छोरीको जस्तै हो, कैयौं वर्षदेखि यहाँ छ । हामीले यसलाई ठूलो बनायौं । पहिले लाइनको डिजाइनमा अब यो पूर्ण रूपमा जवान बनिसकेको छ । अब यो दुनियाँ हेर्न जाँदैछ । यो छोरीको विवाह गरेको जस्तै हो, कोही अरूको हातमा सुम्पिएको जस्तै हो । मेरो अनुभवमा केही यस्तै नै हो । अब उसलाई नौसेनाले राम्रोसँग ध्यानमा राख्नु पर्छ ,’ उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर