प्रधानमन्त्री देउवा डडेल्धुराबाट सर्वसम्मत उम्मेदवार सिफारिस

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फका लागि डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।

कांग्रेस डडेल्धुरा क्षेत्रीय समितिको सर्वसम्मत निर्णयबाट उनी बिहीबार प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका हुन् ।

यसैगरी क्षेत्रीय समितिले प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फ (क) बाट कांग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँद र (ख) बाट सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरालाई सिफारिस गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर