अध्यादेश ल्याएर भए पनि प्रदेशलाई अधिकार दिन समाजवादी मोर्चाको सुझाव

समाजवादी मोर्चाले प्रदेशलाई दिनुपर्ने अधिकार अध्यादेश ल्याएर भए पनि दिनुपर्ने सुझाव प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले यस्तो सुझाव दिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्रप्रसाद श्रेष्ठले बैठकमा हालसम्म भएका कामहरूको समीक्षा भएको र मोर्चाका कामको बारेमा जानकारी गराइएको बताए । उनले बैठकमा सरकारको तर्फबाट भ्रष्टाचारविरूद्ध अभियान चलाएर इतिहासमै राम्रो काम गरेकामा धन्यवाद दिइएको र संघीयता, धर्मनिरपेक्षतालगायतमा बाहिरी र भित्री शक्ति लागेको बारेमा पनि छलफल भएको बताए ।

बैठकमा जिल्लामा गठन हुन बाँकी जिल्ला संयोजन समिति गठन गर्ने र मुख्य सहरहरूमा संघीयता, धर्मनिरपेक्षतालगायतमा उठेका सवालहरू चिर्ने गरी कार्यक्रम गर्नेबारे छलफल भएको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *