मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री
९ पुष २०८० १३:३३
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार मंगलबार दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन्।
उनले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्नेछन्।
प्रतिक्रिया