झन्डै ४६ लाखको सामान बोकेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बिलबिजकभन्दा बढीको औषधि तथा खुद्रा समान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहानको राति वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना.२ ख ९३५७ नम्बरको मालवाहक ट्रक वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोकबाटस्थित सडकखण्डबाट नियन्त्रणमा लिएको हो ।

ट्रकलाई रोकी जाँच गर्ने क्रममा बिलबिज भन्दा बढीका मालवस्तुहरू लोड रहेको तथा सो बिलबिजक संकास्पद रहेको पाइपछि नियन्त्रणमा लिइएको डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार उक्त ट्रकमा करिब ४५ लाख ९६ हजार १०४ रूपैयाँ बराबरको औषधि तथा खुद्रा सामान लोड रहेको थियो।

बरामद औषधि तथा खुद्रा सामग्री र ट्रक थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि शुक्रबार नै राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *