नयाँ विश्वविद्यालय खाेल्नेबारे मन्त्रीलाई सांसदको प्रश्न- विद्यार्थी विदेशबाट ल्याउने हो ?

सांसदहरूले नयाँ विश्वविद्यालय स्थापनाका लागि अनुमति दिन नहुनेमा जोड दिएका छन् । शुक्रबार प्रतिनिसिभाअन्तरर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै अधिकाश सांसदहरूले भएका विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरू नभएको र सरकारले भएका विश्व वद्यालयहरूको अवस्था सुधार गर्न नसकेको बेलामा नयाँ विश्वविद्यालय खोल्न अनुमति दिनु उचित नहुनेमा जोड दिएका हुन् ।

उनीहरूले सरकारले भएको पुरानो त्रिभुवन विश्वविद्यालयमा भएका बेथिति र कमजोरीहरूलाई सुधार गर्नुको सट्टा थप नयाँ नेपाल विश्वविद्यालय खोल्न अनुमति दिन जरूरी नभएको बताए ।

सांसदहरूले त्रिभुवन विश्वविद्यालयमा विभिन्न विभागको विषयगत परीक्षाको परीक्षाफल समयमा प्रकाशित नहुने तथा परीक्षा नहुने जस्ता समस्या समाधानका लागि पहलसमेत नभएको अवस्थामा नयाँ विश्वविद्यालय किन आवश्यक पर्‍याे भन्दै मन्त्रीलाई प्रश्न गरे ।

उनीहरूले विश्वविद्यालय बनाउने राजनीतिक नेताले नभएर विश्वविद्यालय अनुदान आयोगले भएको भन्दै सरकारले विश्वविद्यालय अनुदान आयोगलाई सरकारले प्रभावकारी बनाउनु आवश्यक रहेको बताए । सांसदहरूले सरकारले विश्वविद्यालयमाथि अर्को विश्वविद्यालय थाप्ने काम गर्न नहुने बताए ।

उनीहरूले सरकारले चलिरहेका विश्वविद्यालयभन्दा नयाँपन दिन सक्ने मात्रै ठीक हुने पनि उल्लेख गरे । सांसदहरूले नयाँ विश्वविद्यालय खोल्न सरकारले अनुमति दिए पनि विश्वविद्यालयले अध्ययनका लागि विद्यार्थी कहाँबाट ल्याउनुहुन्छ भन्दै प्रश्न गरे ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले नयाँ विश्वविद्यालय सञ्चालनका लागि विश्वविद्यालयले विद्यार्थीहरू विदेशबाट ल्याउने हो भन्दै प्रश्न गरे । उनले नेपालका गाउँहरू खाली भएकाले केही वर्षमा स्नातक अध्ययन गर्ने विद्यार्थी नै नहुने अवस्थामा नयाँ विश्वविद्यालयको आवश्यकता नभएको बताए ।

उनले नयाँ विश्वविद्यालय सञ्चालन गर्ने स्रोत व्यवस्थापन कसरी गर्ने सबै यकिन हुनुपर्ने बताए । उनले नेपालको शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए । उनले विश्वविद्यालय अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग प्रतिस्पर्धा गर्ने बनाउन सके मात्रै नेपाली विद्यार्थीहरू नेपालमा बस्ने बताए ।

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले नयाँ विश्वविद्यालय थप गर्न नहुने बताए । उनले अहिले भइरहेका विश्वविद्यालयभन्दा नयाँ पन केही नभए नयाँ विश्वविद्यालयका लागि अनुमति दिएर काम नहुने बताए ।

उनले संविधानले नै रोजगारमुखी, सक्षम र प्रतिपस्र्धी बनाउने गरी विश्वविद्यालयले काम गर्नुपर्ने भनेको भन्दै त्यो गर्न सक्षम नयाँ विश्वविद्यालय तयार हुनुपर्ने बताए ।

उनले पुराना विश्वविद्यालयभन्दा फरक सरकारी व्यवस्थापनबाहिर रहेर विश्वविद्यालय बनाउने प्रस्तावमा फेरि परिवर्तन गरेर सरकारी खर्च व्यवस्थापन जोडेर प्रस्ताव आएको बताए । उनले विश्वविद्यालय नाफारहित बनाउने प्रस्ताव गरेको भन्दै विश्वविद्यालय नाफारहित कसरी हुन्छ भन्दै प्रश्न गरे ।

नेकपा (एमाले) की सांसद विद्या भट्टराईले अहिलेको समाज पार्टीबाट निर्देशित, लिडरबाट शासित र कर्मचारीबाट तल पारिएको अवस्थामा नयाँ विश्वविद्यालयमा प्रवेश गर्छ कि गर्दैन भन्दै प्रश्न गरिन् । उनले यस्तो अवस्था प्रवेश गर्दैन भन्ने आधार कति छ स्पष्ट पार्न आग्रह गरिन् ।

उनले विश्वविद्यालय बनाउने राजनीतिक नेताले नभए विश्वविद्यालय अनुदान आयोगले भएको भन्दै सरकारले विश्वविद्यालय अनुदान आयोगलाई सरकारले प्रभावकारी बनाउनु आवश्यक रहेको बताइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा भएका समस्याका विषयमा शिक्षा मन्त्री सहमत भए भएका समस्या समाधान गर्नुपर्ने बताइन् । उनले शिक्षामन्त्रीले भएका समस्या पहल गर्न के काम गर्दै हुनुहुन्छ भन्दै प्रश्न गरिन् ।

उनले पुराना विश्वविद्यालयका बेथिति स्वीकार गरेर सरकारले नयाँ विश्वविद्यालय खोल्न अनुमति दिने नभई सुधार गर्न आवश्यक रहेको बताइन् ।

उनले सरकारले त्रिभुवन विश्वविद्यालयमा भएका समयमा परीक्षा नहुने र परीक्षाफल प्रकाशन हुने समस्या तत्काल हटाउनुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *