![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
कांग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै बहुमत प्राप्त गर्ने पार्टी बनाउनुपर्छ : देउवा
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![कांग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै बहुमत प्राप्त गर्ने पार्टी बनाउनुपर्छ : देउवा](https://www.pardafas.com/wp-content/uploads/2023/12/sher-bahadur-deuba-1.jpg)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्न आग्रह गरेका छन्।
बिहीबार पार्टीको मधेस प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको बताए।
उनले अहिले कांग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने पार्टीका रूपमा स्थापित गर्न नेता-कार्यकर्ताहरूलाई आग्रह गरे। उनले नेपालको राजनीतिलाई सुदृढीकरण गर्न कांग्रेसले काम गरिरहेको बताए।
सभापति देउवाले आगामी दिनमा कांग्रेसको एकल सरकार बनाउन सक्नुपर्ने बताए।
प्रतिक्रिया