सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश अनुमोदनप्रति कांग्रेस नेता रायमाझीको असन्तुष्टि

राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीले सर्वाेच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएकामा असन्तुष्टि व्यक्त गरेका छन्।

उनले बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशको नाम अनुमोदन गरेकामा असन्तुष्टि व्यक्त गरेका हुन्।

समितिको बैठकबाट बाहिरिक्एा उनले सञ्चारकर्मीहरूमाझ संसदीय समिति न्याय परिषद्को कर्मकाण्डी भएको जिकिर गर्दै त्यस्तो समितिमा सांसदहरूले बस्न नमिल्ने प्रतिक्रिया दिए।

नेता रायमाझीले प्रस्तावित न्यायाधीशहरूको गल्ती औंल्याउँदा पनि समितिले अनुमोदन गर्छ भने त्यस्ता समितिको काम नभएको पनि बताए।

संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकले न्याय परिषद्ले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको थियो। तर, समितिको सो निर्णयप्रति नेता रायमाझीको असन्तुष्टि छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर