
चीनमा भूकम्प : मृत्यु हुनेको संख्या १३० पुग्यो


उत्तरी चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ । ७०० भन्दा धेरै घाइते भएका छन् ।
नेपाली समयअनुसार मंगलबार बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले कान्सु र छिङहाइ प्रान्तमा क्षति पुगेको छ ।
पिपुल्स डेली अफ चाइनाले भूकम्पमा परी १३० जनाको मृत्यु भएको जनाएको छ । भूकम्पका कारण भवनहरु भत्किएका छन् । भग्नावशेष मानिसहरु पुरिएको हुनसक्ने भएकाले तालिमप्राप्त कुकुरको सहयोगमा खोजी तथा उद्धार कार्य जारी छ । भूकम्पका कारण सडक, सञ्चार, बिजुली र खानेपानी आपूर्तिमा पनि क्षति पुगेको छ ।
चिनियाँ समाचार एजेन्सीहरुका अनुसार छिङहाइ प्रान्तमा भन्दा कान्सु प्रान्तमा बढी क्षति पुगेको छ ।
प्रतिक्रिया