कमल थापा भन्छन- नेपालमा राजासहितको प्रजातन्त्र मात्रै सही र सफल हुन्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजासहितको प्रजातन्त्र मात्रै सही र सफल हुने बताएका छन् ।

गणतन्त्र छाडातन्त्र र भ्रष्टतन्त्रमा परिणत भएको जिकिर गर्दै उनले राजासहितको प्रजातन्त्र नै मुलुकका लागि उपयुक्त हुने दाबी गरेका हुन् ।

मंगलबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले ठूला दलहरूले राजाको नाममा निरंकुश व्यवस्था ल्याउन आफ्नो पार्टीले खोजेको भनेर भ्रम सिर्जना गरेको उल्लेख गर्दै आफूहरू राजासहितको प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न लागि लागि परेको बताए । उनले नेपालमा छिट्टै राजसंस्था र हिन्दु राष्ट्र कायम हुनेसमेत बताए ।

अध्यक्ष थापाले वर्तमान शासन व्यवस्थाले मुलुकलाई आर्थिक रूपमा पनि संकटको डिलमा पुर्‍याएको बताए ।

कार्यक्रममा नेकपा (एमाले) का नेता तथा पूर्वसांसद गोविन्दविक्रम शाह राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालमा प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *