राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेलसँग परामर्शका लागि शीतल निवास पुगेका छन्। संसद्को अधिवेशन बोलाउने लगायत सरकारले पछिल्लो समय गरेका निर्णयहरुकोबारे राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री शीतल निवास पुगेका हुन् ।

राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाका एक महिला सदस्यको पदावधि समेत सकिन लागेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने सदस्य सत्ता गठबन्धनको भागबन्डामै हुने भए पनि राष्ट्रपतिले समेत चासो राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *