जनताले एमाले नेतृत्वको सरकार खोजेका छन् : उपाध्यक्ष थापा

नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापाले नेपाली जनताले एमाले नेतृत्वको सरकार खोजेको बताएका छन्।

सोमबार पाँचथरको फिदिममा न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष थापाले नेपाली आफूहरूको झुलाघाट-चिवाभञ्ज्याङको यात्राका क्रममा नेपाली जनताले देशमा एमालेको नेतृत्व खोजेको स्पष्ट भएको बताए।

उनले एमालेले मात्रै देशलाई समृद्धिको दिशामा अगाडि बढाउन सक्छ भन्ने देखाएको बताए। उनले देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र विकास एमालेले मात्रै अगाडि बढाउन सक्ने उल्लेख गरे।

त्यस्तै समाजवादको स्थापना र त्यसको आधार निर्माण पनि एमालेको नेतृत्वले मात्रै गर्न सक्छ भन्ने देखाएको उनको भनाइ छ। उनले एमालेको संकल्प यात्राले अगामी २०८४ सालमा एमालेको बहुमतको सरकार निर्माण गर्ने लक्ष्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

उपाध्यक्ष थापाले यात्राले एमालेको राजनीतिक कार्यदिशालाई जनतामाझ स्थापित गर्न पनि भुमिका खेलेको बताए। नेता-कार्यकर्ताले सो अभियानबाट धेरै ज्ञानगुनका कुरा सिकेको पनि उनको भनाइ छ। उनले नेपालमा समाजवाद स्थापनार्थ नीति, कार्ययोजना निर्माणका लागि पनि यात्राले भूमिका खेलेको बताए।

उनले एमालेको संकल्प यात्रा भण्डाफोर अभियानको रूपमा पनि रहेको उल्लेख गर्दै यसले नेपालमा हाबी भएको दक्षिणपन्थी प्रवृत्तिलाई पनि चिरेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर