नक्कली सवारी दर्ता किताब बनाउने दुई जना गाडीसहित पक्राउ

नक्कली सवारी दर्ता किताब बनाउने दुई जना गाडीसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेको तेपाल गाउँपालिका-८ घर भई काठमाडौंको बौद्ध बस्ने ४२ वर्षीय दिलबहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका-१ भई काठमाडौंको कागेश्वरी मनोहरा बस्ने ३३ वर्षीय आइतसिंह तामाङ छन्।

काठमाडौं उपत्यकामा केही व्यक्तिहरूले लिखत किर्ते गरी सवारी दर्ता किताब लगायतका कागजातहरू तयार गरी लिखत किर्ते गर्ने गरेको गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।

नक्कली सवारी दर्ता प्रमाणपत्र भएका ५ वटा गाडीसहित उनीहरू पक्राउ परेका हुन्।

उनीहरूबाट भन्सार चोरी पैठारी गरी ल्याएका गाडीसँगै विभिन्न सरकारी कार्यालयका छापहरू, विभिन्न नम्बरको सवारी दर्ता प्रमाण पत्र, ब्लुबुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई लिखत किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *