सालकको खबटासहित काठमाडौंबाट तीन जना पक्राउ

काठमाडौंमा दुर्लभ वन्यजन्तु सालकको खबटासहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा दोलखाको गौरीशंकर गाउँपालिका-१ का २० वर्षीय अमृत लामा, सोही जिल्लाको जिरी नगरपालिका-३ का २५ वर्षीय विशाल बस्नेत र सोही नगरपालिका-४ का २७ वर्षीय सुकवीर तामाङ छन्।

सालकको खबटा बेचबिखन गर्न हिँडिरहेको गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंसिर २९ गते काठमाडौं महानगरपालिका-३२, पेप्सीकोलाबाट पक्राउ गरेको हो।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) मिलन केसीका अनुसार उनीहरूको साथबाट ४४ इन्च लम्बाइ र २१ इन्च चौडाइ रहेको खुट्टाको नंग्रासहितको सालकको खबटा बरामद भएको छ।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाइएको एसपी केसीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *