प्रचण्ड सरकारबाट कांग्रेसीहरु नै आजितः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरु आजित भएको दाबी गरेका छन् ।

महाकाली—मेची अभियानअन्तर्गत भोजपुरमा बिहीवार आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सत्तामा रहेका काँग्रेसका नेताहरु नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको दाबी गरे । उनले काँग्रेसका नेताहरु अहिले नै वि.सं. २०८४ मा हुने प्रत्यक्ष निर्वाचन पर्खिन नसक्ने भनिरहेको बताए ।

उनले मिसन ८४ जनताको र हरेक नेपालीको मिसन भएको बताए । उनले देशमा सुशासन र विकासको पक्षमा कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने बताए ।

‘दिनदिनै देश ओराले लागिरहेको छ । नेकपा एमालेको सरकार बलजफ्ती देशी, विदेशी शक्तिबाट ढाइ वर्षअघि हटाइएपछि त्यस यता देशको अवस्था अत्यन्त नाजुक हुँदै गएको छ । यो अवस्थालाई देखेर नेपाली काँग्रेसकै नेताहरु पनि भन्न थाल्नुभएको छ, मिसन ०८४ पर्खिन सकिँदैन भनेर । किनभने नेपाली काँग्रेसकै नेताहरु पनि यो सरकारसँग आजित भइसकेका छन्,’ ओलीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *